काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित बैंकर्स संघको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो दुई सातामा एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका हुन् ।
पछिल्लो केही समययता विश्वासको संकटमा परेको एनआईसी एशिया बैंकबाट रकम झिक्नेहरु बढिरहेका बेला बैंकले त्यस्तो नभएको दाबी गर्दै आएको भए पनि गभर्नर अधिकारी स्वयम् आफैँले एनआईसी एशिया बैंकबारे विभिन्न विषय बाहिर आएयता बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका हुन् ।
सिडी रेसियोको नीतिबारे बोल्दै गभर्नर अधिकारीले भने- ‘यो अवसरमा मैले भन्नैपर्छ, एनआईसी एशिया बैंकबाट पछिल्लो समय २७ अर्ब रुपैयाँ विथड्र भयो र एनआईसी एशियालाई धेरै हदसम्म सिडीले काम गर्यो । सिडी रेसियो ९५–१०० गरेको भए त्यही लेबलको लिक्युइलिटी पुगेर बस्दैनथ्यो । अर्कै म्यानेजमेन्ट गर्नतर्फ लाग्नुपर्थ्यो ।’
महत्वपूर्ण एक्सेसिभ कर्जा गईरहेको बेलामा थप कर्जा नजानुपर्ने अवस्थामा राष्ट्र बैंकले सिडी रेसियोको नीति लिएको र धेरैले विरोधसमेत गरेको बताउँदै गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिहरुको फाइदा र प्रभावकारिता पछि मात्रै थाहा हुने पनि उल्लेख गरेका छन् । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्