×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

PRIME CA

ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा महानगरपालिको संयुक्त आयोजनामा वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

फागुन ८ र ९ गते पोखरा महानगरपालिका अन्तर्गतका वडा नं. १९ र २० मा छुट्टाछुट्टै कार्यक्रम गरिएको बैंकले जनाएको छ । बचत, कर्जा, बीमा, रेमिट्यान्स, डिजिटल बैंकिङ लगायत समसामायीक विषय बस्तुको बारेमा बैंकका जोखिम व्यवस्थापन तथा अनुपालना विभाग प्रमुख रमेश बञ्जराले सहभागीलाई प्रस्ट प्रारेका थिए ।

सो कार्यक्रममा व्यवसाय प्रबर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले ग्रीन डेभलपमेण्ट बैंक, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र पोखरा महानगरपालिको सहकार्यमा आधारित साझेदारी स्वरोजगार कार्यक्रमका बारेमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, व्यवसायी तथा अन्य संघ संस्थाका प्रतिनिधि,स्थानीय आमा समुहको सहभागिता रहेको थियो । उक्त कार्यक्रमबाट १०२ जनाले वित्तीय साक्षरता सम्बन्धी ज्ञान हासिल गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: