काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्। सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ(फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ । अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए । जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाई छ ।
त्यस्तै, उनले राष्ट्र बैंकको पछिल्लो निर्देशनले बैंकहरुको खराब कर्जा (एनपीएल) थप बढ्ने बताएका छन्। ‘पछिल्लो समयमा बैंकहरुको एनपीएल बढ्दै गएको छ। त्यसमा पनि राष्ट्र बैंकको निर्देशनले थप बढ्ने देखेको छु,’ उनले भने, ‘माघदेखि असारसम्म हामीले जति कर्जाहरु रिकभरी गर्छौ। त्यो कर्जालाई ६ महिनासम्म असल कर्जामा देखाउन पाउँदैनौ।’
अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने उनले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्