×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जब रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिए…

काठमाडौँ । थाइल्याण्डमा कपाल काट्न गएका एक पुरुषले हजामकै कपाल खौरिदिएको घटना अहिले चर्चामा छ ।

थाइल्याण्डको पट्टायामा बिदा मनाउन गएका एकजना रुसी पर्यटकले हजामकै कपाल खौरिदिएका हुन् । हजामले काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राम्रोसँग अंग्रेजी बोल्न नआउने ती पुरुषले हातको इसाराले कपाल काट्न निर्देशन दिइरहेका थिए । तर, अन्त्यमा कपाल आफूले भनेको जस्तो नभएपछि पैसा नतिरी उल्टै हजामकै कपाल खौरिदिएका हुन् ।

हाल ती पर्यटकविरुद्ध हजामले प्रहरीमा उजुरी दिएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: