×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हंस बहुउद्देश्यीय सहकारीद्वारा सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

PRIME CA

हंस बहुउद्देश्यीय सहकारीद्वारा सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम रत्ननगर ०१ , सौराहाचोकमा आइतबार सम्पन्न गरेको छ । सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीले जानकारी दिए ।

सहकारीको आवश्यकता, सिद्धान्त, विकास र महत्वको सम्बन्धमा संस्थाका लेखा सुपरिवेक्षण समितिका सदस्य गोविन्द सुबेदीले सहजीकरण गरेका थिए । उनले सहकारी संस्थामा सेयर सदस्यको भूमिका, सदस्यको काम, कर्तव्य र अधिकार, बचत गर्दाको फाइदा, सहकारी आफैले उत्पादन क्षेत्रमा लगानी गरेर सदस्यलाई आय आर्जनमा लगाउन सकिने, र नियमित बचत एवम् सहकारीमा आधुनिक प्रविधि जस्ता विषयका बारेमा प्रष्ट पारेका थिए ।

त्यसैगरी वित्तीय साक्षरता, बचत, पारिवारिक बचत र उद्यमशिलता, संस्थाको आर्थिक अवस्थाको विश्लेषण र सेवा सुविधाका बारेमा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।

संस्थाको टाँडी सेवाकेन्द्र अन्तर्गतका नयाँ सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्रमुख अतिथी दिनेश कुमार चुकेले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताए । सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सदस्यहरुले पनि आफू मालिक हो भन्ने कुरा विर्सन नहुनेमा उनले जोड दिए ।

संस्थाले सदस्यहरुको हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएको बताए । उक्त कार्यक्रममा संस्थाका सचिव शारदा शर्मा पौडेल , टाँडी सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य शंकर पौडेल, बिष्णु नारायण श्रेष्ठ, मिना अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका टाँडी सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक सन्देश पाठकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षा उपसमितिका सदस्य बिदुर केसीले गरेका थिए।

संस्थामा हाल चार हजार आठ सय जना सदस्य रहेका छन भने टाँडी सेवाकेन्द्रमा १००२ जना सदस्य रहेको जानकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले दिए।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: