Skip to content
LAXMI SUNRISE BANK

हिमालयन डिष्टिलरीको खुद नाफामा ४४.३८ प्रतिशतको गिरावट

अर्थ सरोकार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफामा ४४.३८ प्रतिशतको गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घटेको हो। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९८ पैसा घटेर १२ रुपैयाँ २५ पैसामा पुगेको  छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३९.७९ गुणा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत घटेर ९५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३०.७३ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २९.१३ प्रतिशत र सञ्चालन मुनाफा ४१.७६० प्रतिशत घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK