×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन एभरेष्ट इन्स्योरेन्स साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

PRIME CA

हिमालयन एभरेष्ट इन्स्योरेन्स साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

२६ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा माघ २५ गते बानेश्वर थापागाउँ, स्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो ।

उक्त साधारणसभामा सेयरधनीहरुको उल्लेख्य उपस्थिति थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश सेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए । मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो ।

यसै क्रममा कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्तावहरु पनि पारित भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: