×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लघुवित्तद्वारा मानमाया लामालाई बीमा दाबी रकम भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL

हिमालयन लघुवित्तद्वारा मानमाया लामालाई बीमा दाबी रकम भुक्तानी

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउँपालिका वडा नं. २ सन्खु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.०९६ को समूह न.१ बाट १ लाख ५५ हजार रुपैयाँ बिमा रकम उपलब्ध गराएको छ ।

लघुवित्तको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल सिं. लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बीमा बापतको रकम उपलब्ध गराएको हो ।

संस्थाले लघु बीमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाँकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ गरी संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बीमाबाट प्राप्त भएको, जसमध्ये तिर्न बाँकी रहेको कर्जा रकम ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा संस्थाले कट्टा गरि बाँकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी विकास बैंक लिमिटेडको चेक मार्फत शाखाको केन्द्र न.९६ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, संस्थाले म्यादी जीवन बीमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अवस्थामा कर्जा मिनाहा गरी क्रिया खर्च र बिमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि संस्थाले लगाएको सदस्य मानमाया लामाले बताईन् ।

बिमााङ्क रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक उज्वल श्रेष्ठ लगायत शाखाका सम्पुर्ण फिल्ड कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी