Skip to content
LAXMI SUNRISE BANK

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

अर्थ सरोकार

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भद्रकाली, सिन्धुलीले बीमा दाबी रकम भुक्तानी गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.२, चियावारी टोलमा रहेको केन्द्र न.०९ की सदस्य गिता थापाको श्रीमान ज्ञान बहादुर थापाको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।

सदस्य गिता थापाले संस्थाबाट ५ लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ७३ हजार ५८ रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ८५ हजार ५८ रुपैयाँ निज सदस्य गिता थापालाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक बुद्धि बहादुर खत्रीले बताए ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK