काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय निजगढ, बाराले बीमा दावी रकम भुक्तानी गरेको छ । बारा जिल्ला कोल्हबी नगरपालिका वडा नं.८, नयाँबस्ती टोलमा रहेको केन्द्र न.७५ की सदस्य राधिका धितालको श्रीमान चोक बहादुर धितालको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।
सदस्य राधिका धितालले संस्थाबाट एक लाख रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम एक लाख समेत फिर्ता गरी जम्मा रकम एक लाख २५ हजार रुपैयाँ निज सदस्य राधिका धिताललाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक अर्चना भट्टराईले बताईन् ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक अर्चना भट्टराई तथा शाखाका कर्मचारी बिशाल पौडेल र मनिषा मैनालीको उपस्थिति रहेको थियो भने केन्द्र न.७५ का सदस्यहरुहरुको उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्