काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मकवानपुरगढी, मकवानपुरले बिमा दावी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला हेटौँडा वडा नं.६,बारुते टोलमा रहेको ब्यक्तिगत सदस्य सानुबाबु सार्कीको श्रीमती शारदा सुर्खेतीको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सदस्य सानुबाबु सार्कीले संस्थाबाट ५ लाख कर्जा लिएकोमा सदस्यको श्रीमतीको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमतीको मृत्यु पश्चात दिइने काजक्रिया खर्च रु.२५ हजार तथा तिरेको किस्ता रकम ५० हजार समेत फिर्ता गरी जम्मा रकम ७५ हजार निज सदस्य सानुबाबु सार्कीलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक सम्माना कार्कीले बाताईन् ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै हेटौंडा–६ का भद्रभलादमीहरुले संस्थालाई धन्यवाद दिएका छन् ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सम्माना कार्की तथा शाखाका कर्मचारी शशि सिलवाल, श्रीराम रिमाल र केशव चौलागाईको उपस्थिति रहेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्