Skip to content
LAXMI SUNRISE BANK

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा 

अर्थ सरोकार

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK