×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्यालेन्टाइनको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भ्यालेन्टाइनको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट

Artha Sarokar

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा हट एयर बेलुनले विशेष छुट दिने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन संचालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए ।

आधा घण्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन उड्न सकिने बाडेले जानकारी दिए । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ ।

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन ।

जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा शहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खला हेर्न सकिन्छ । यस्तै फिसटेल, अन्नपूर्ण तथा धौलागिरि हिमश्रृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’ भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी