×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैरहवामा आजदेखि चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भैरहवामा आजदेखि चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा

Artha Sarokar

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्राट ग्रुपले आजदेखि भैरहवामा चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सम्राट ग्रुपले नयाँ होटल सञ्चालनमा ल्याएको हो । 

रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलोनीमा चारतारे होटल ल्याण्डमार्क भैरहवा सुरू गरिएको ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए । होटलले आजबाट ५० कोठासहित सेवा बिक्री सुरु गरेको र पहिलो दिननै होटल फुल अकुपेन्सी भएको पाण्डेले बताए । पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए । उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराउने जानकारी दिए ।

होटलका कतिपय कोठाबाट रिभर–भ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोरोना बार र कोटियार्ड लाउञ्ज समेत रहेको ल्याण्डमार्क भैरहवाका महाप्रबन्धक बसन्त पुरीले जानकारी दिए । उनले जर्मन प्रविधिबाट होटलको निर्माण भएको भन्दै यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको जानकारी दिए । होटलमा स्विमिङ पुलदेखि रूफटप बारसम्म रहेका छन । 

होटल समूहमा छुट्टै पहिचान बनाउँदै गरेको सम्राट ग्रुपको चितवनमा ल्याण्डमार्क फरेस्ट पार्क सौराहाको उत्कृष्ट होटलको रूपमा सेवा दिइरहेको छ भने कास्कीमा ल्यण्डमार्क पोखराले पनि फेवातालको किनारबाट उत्कृष्ट सेवा दिइरहेक आन्तरिक र बाह्य दुबै पर्यटकका लागि आकर्षण बन्दै गएको ल्याण्डमार्कले भविष्य अन्य स्थानहरूमा समेत होटलहरू सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ ।  

सम्राट ग्रुपले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित गरेर आकर्षक अफरहरू समेत दिने गरेको छ । विदा र चाडबाडको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गर्ने गरिएको र यसले निरन्तरता पाउने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूचि पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने समेत बताएका छन । ल्याण्डमार्क सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी