×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईक्यानको २७औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार

PRIME CA

आईक्यानको २७औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न (फोटो-कथा)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)को २७औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रमकाबीच आईक्यानको २७औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौँको सोल्टी होटलमा आयोजित कार्यक्रमको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । आईक्यानका अध्यक्ष सिए सुजन कुमार काफ्लेको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा उनले आर्थिक वर्ष २०७९/८० मा भएका मुख्य उपलब्धिबारे पनि जानकारी गराएका थिए । त्यस्तै, कार्यक्रममा अर्थमन्त्री डा.महतद्वारा संस्थाका उत्कृष्ट कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा अर्थमन्त्री महतबाट संस्थाको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । आईक्यानको २७औँ वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक हरिप्रसाद मैनाली, कार्यवाहक महालेखापरीक्षक बामदेव शर्माको उपस्थिति रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: