×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, ‘निफ्टी-५०’ हालसम्मकै उच्च बिन्दुमा

PRIME CA

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, ‘निफ्टी-५०’ हालसम्मकै उच्च बिन्दुमा

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय सेयर बजारमा ‘निफ्टी-५०’ सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ‘निफ्टी-५०’ हालसम्मकै उच्च ८१ अंकले बढेर २२,१२२ बिन्दुमा पुगेको हो । योसँगै भारतीय सेयर बजारमा ‘निफ्टी-५०’ले नयाँ रेकर्ड बनाएको छ ।

त्यस्तै, सोमबार बीएससी सेन्सेक्स पनि २८१ अंकले बढेर ७२,७०८ बिन्दुमा पुगेको छ । पछिल्लो केही दिनदेखि बिएससी पनि बढिरहेको छ ।

सन् २०२४ मा भारतीय अर्थतन्त्र बलियो हुने प्रक्षेपण भइरहेको बेला भारतको सेयर बजारमा विश्वभरका लगानीकर्ताले लगानी बढाएपछि भारतीय सेयर बजारमा उत्साह देखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: