×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तद्वारा क्वालिटी ग्रोथ ट्रेनिङ सम्पन्न

PRIME CA

इन्फिनिटी लघुवित्तद्वारा क्वालिटी ग्रोथ ट्रेनिङ सम्पन्न

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नं. १ देखि प्रदेश नं. ७ सम्मका ४३ वटा जिल्लाका ९५ वटा शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई एएमएल/ सिएफटि एण्ड क्वालिटी ग्रोथ ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिमले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तले बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलिका विशेष रणनिती, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनिती र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका कर्जा असुलि एवं अनुगमन तथा सुपरीवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गराएका थिए ।

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए । कार्यक्रम विभिन्न मितिमा विभिन्न जिल्लाहरु जस्तै बाराको सिमरा, महोत्तरीको बर्दिवास, सुनसरीको ईटहरी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, कैलालीको अत्तरीया र बाँकेको कोहलपुर गरि नेपाल अधिराज्य भर विभिन्न सात स्थानमा भब्यताको साथ कार्यक्रम सम्पन्न भएको देवकोटाले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: