काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख ७८ हजार ४ सय रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर जारी गर्ने भएको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध संचालक दिनेश गुरुङ, प्रमुख कार्यकारी अधिकृत यज्ञ प्रसाद सुवेदी सहित प्रमुख वित्त अधिकृत कृष्ण लाल श्रेष्ठ तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा निशान लाल जोशीको समेत उपस्थिति रहेको थियो ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताए ।
४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भै सकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्