×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झ्यामोलोङ्गमा हाइड्रोपावारले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

झ्यामोलोङ्गमा हाइड्रोपावारले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

Artha Sarokar

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५१ हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो।

आइपीओ निष्काशनका लागि कम्पनीले एलएस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी