×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

PRIME CA
GLOBAL IME BANK

बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले फागुन १३ गते (आइतबार)देखि सर्वसाधारणका लागि बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको १२.९० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गरेको हो । कम्पनीले यसअघि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवदेन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी गरेको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । यसमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

सर्वोत्तम सिमेन्टले आईपीओ निष्कासनका लागि इक्रा नेपालले ‘इक्राएनपी इन्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता मध्यम रहेको देखाउँछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: