Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाइदिन्छु भन्दै ८ सय जनाको ४ करोड ठग्ने लालबहादुर लामा जेल चलान

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सयौँजनाको करोडौँ ठगी गर्ने लालबहादुर लामा कारागार चलान भएका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्य निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको संयुक्त इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । सोही आदेश अनुसार लामालाई कारागार चलान गरिएको छ ।

लामामाथि विदेश पठाइदिन्छु भन्दै ८ सय ४५ जनासँग ३ करोड ९३ लाख १४ हजार ३ सय ३३ रुपैयाँ ठगी गरेको आरोप छ । उनले नेपालीहरुलाई माल्टा, क्रोयशिया र लुथुनिया लगायतका देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको वैदेशिक रोजगार न्यायाधिकरणले ठहर गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK