Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले माग्यो ९ जना ड्राइभर !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ड्राइभरका लागि जागिर खुलाएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९ जना ड्राइभरका लागि जागिर खुलाएको हो ।

राष्ट्र बैंकले माग गरेको ड्राइभरका लागि आगामी फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिनेसँग बैंक तथा वित्तीय संस्था वा नेपाल सरकारका निकायमा कम्तीमा पनि १० वर्ष सवारी चालक सम्बन्धी कार्यानुभव रहेको हुनुपर्नेछ ।

त्यस्तै, कर, जिप र डेलिभरी भ्यानको सवारी चालक अनुमतिपत्र प्राप्त गरी नविकरण गरेको पनि हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले माग गरेको ड्राइभर पदमा लिखित, प्रयोगात्मक र अन्तर्वार्तामार्फत छनौट गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK