Skip to content
LAXMI SUNRISE BANK

कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो

अर्थ सरोकार

काठमाडौँ । कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारीका लागि जागिर खुलाएको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK