काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच सम्झौता भएको छ । क्यापिटलको ‘व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म’ सेवा अन्तर्गत रिसोर्टलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।
ज्योति क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा ‘व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म’ अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई सेयर जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
सोही सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्न सक्ने बनाउन ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्