Skip to content
LAXMI SUNRISE BANK

कालंगा हाइड्रोले आइपीओ निष्काशन गर्ने, सेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता सेयर ज्योति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएको छ ।

बिहीबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । कालंगा हाईड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट , ललितपुरमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK