×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार गरेको भन्दै डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो !

अर्थ सरोकार

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

भ्रष्टाचार गरेको भन्दै डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो !

काठमाडौँ । दुघ्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो दलिएको छ । डीडीसीमा भ्रष्टाचार गरेको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठन नेपालले महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो दलेर दुव्र्यवहार गरेको हो ।

कालोमोसो दल्ने क्रममा झा र संगठनका कार्यकर्ताबीच हात हालाहालसमेत भएको थियो । हात हालाहालकैबीच संठगनका कार्यकर्ताले झालाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

क्रान्तिकारी युवा संगठनको सोही समूहले केही दिनअघि यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको भन्दै कालोमोसो दलेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: