×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

GLOBAL IME BANK
SHREE KESH

कामना सेवा विकास बैंकद्वारा श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले तनहुँ स्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने स्थित उक्त विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले श्री सत्यवती देवी आधारभुत विद्यालयको प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु तथा स्थानीयहरु साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: