काठमाडौं। कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यो सम्झौता पश्चात सरकारी निकायहरुबाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेश गर्न सकिनेछ । बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरु अनलाईन माध्यमद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ ।
उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह-सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्