×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने

PRIME CA

कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।

उक्त मोड्युल सार्वजनिक भएसँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाईन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।

उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरी आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने सकिने छ ।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म http://www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ ।

उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: