×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले जित्यो दोश्रो चितवन बैंकर्स फुटसल प्रतियोगिताको उपाधि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कामना सेवा विकास बैंकले जित्यो दोश्रो चितवन बैंकर्स फुटसल प्रतियोगिताको उपाधि

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले दोश्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६-२ ले हराउँदै उपाधी जितेको हो। विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: