×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र द एसआर होटल एण्ड इभेन्ट्सबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

अर्थ सरोकार

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार

PRIME CA

कामना सेवा विकास बैंक र द एसआर होटल एण्ड इभेन्ट्सबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटल एन एभेट्स प्रा.लि.बीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरीरहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: