×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक खनेर अलपत्र छोड्ने ठेकेदारलाई १ लाख जरिवाना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सडक खनेर अलपत्र छोड्ने ठेकेदारलाई १ लाख जरिवाना !

Artha Sarokar

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक खनेर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कार्वाही गरेको छ । महानगरले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई कार्वाही गरेको हो ।

काठमाडौँ महानगरपालिका–१६ र २६ नम्बर वडामा विद्युत् प्रसारण लाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई महानगरले कार्वाहीस्वरुप १ लाख रुपैयाँ जरिवाना तिराएको हो । महानगरको कार्वाहीमा पर्नेमा लार्सन र टौट्रो प्रालि रहेका छन् ।

पछिल्लो समय महानगरभित्र मर्मत तथा सम्भारका नाममा सडक खनेर अलपत्र छोड्ने क्रम बढेपछि त्यसप्रति कडाईका साथ प्रस्तुत भएको महानगरले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी