काठमाडौं। ‘खल्ती’ ले आतिफ असलमको लाईभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सन् सँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज-आतिफ असलमको लाईभ शो मा खल्तीले बक्स अफिस देखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको हो ।
‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ चैत्र ३० र बैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुने भएको छ । खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन् । आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ मा आतिफ असलमको कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ ।
खल्तीले अहिले सम्म ५०००+ इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक उत्कृष्ट माध्यम बन्न सफल भएको दावी गरेको छ ।
आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मानबाट सम्मानित भएका थिए । उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक स्रोता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्