×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तौल घटाएर चामल र चिउरा बेच्ने केएल दुगड ग्रुपलाई कार्वाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तौल घटाएर चामल र चिउरा बेच्ने केएल दुगड ग्रुपलाई कार्वाही

Artha Sarokar

७ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तौल घटाएर चामल र चिउरा बेचेको आरोपमा केएल दुगड ग्रुपलाई कार्वाही गरिएको छ । बजार अनुगमनका क्रममा दुगड ग्रुपले चामल र चिउरामा तौल कम गरेर उपभोक्ता ठगी गरेको भेटिएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले केएल दुगठ ग्रुपलाई कार्वाही गरेको हो ।

अनुगमनका क्रममा केएल दुगड ग्रुपले उत्पादन गरेको २० किलोको चिउरा र ५० किलोको अरुवा चामलको बोरामा ५० ग्रामदेखि २०० ग्रामसम्म कम गरेर बेच्ने गरेको भेटिएको छ ।

योसँगै अब केएल दुगड ग्रुपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कार्वाही गरिने अनुगमनमा सहभागी एक अधिकारीले बताएका छन् । अनुगमनपछि केएल दुगडले गल्ती स्वीकार्दै आगामी दिनमा यस्तो नहुने प्रतिबद्धतासमेत गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी