×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यसम्पादनका आधारमा कुलमानले पाए ९८.९४ प्रतिशत अंक !

PRIME CA
GLOBAL IME BANK

कार्यसम्पादनका आधारमा कुलमानले पाए ९८.९४ प्रतिशत अंक !

४ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनका आधारमा ९८.९४ अंक पाएका छन् । घिसिङको कार्यकालमा उनले गरेको कामको आधारमा कार्यसम्पादन मूल्यांकन पुनरावलोकन समितिले घिसिङलाई ९८.९४ प्रतिशत अंक दिएको हो ।

यसो त यसअघि नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङकै कार्यकालमा नेपालमा लोडसेडिङको अन्त्य भएको थियो ।

प्राधिकरणको दोस्रो कार्यकालमा रहेका उनले अहिले सबस्टेसन निर्माण कार्यलाई तिव्रता दिएका छन् । त्यस्तै, घिसिङको दोस्रो कार्यकालमै विद्युत बक्यौता नतिर्नेहरुप्रति कठोर बनेको प्राधिकरणले करोडौँ रुपैयाँ विद्युत महसुल पनि उठाइसकेको छ । कुलमानको यीनै कामहरुको मूल्यांकनका आधारमा उनलाई ९८.९४ अंक प्रदान गरिएको समितिका एक सदस्यले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: