काठमाडौँ । सात दिन हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । बुधबार लघुवित्त तथा वित्तीय शोषण बिरुद्धको संघर्ष समितिको अगुवाईमा लघुवित्त पीडितहरुले काठमाडौँ केन्द्रित प्रदर्शन बालुवाटारबाट सुरु गरेका हुन् ।
उनीहरुले गाउँगाउँमा लघुवित्तीय संस्थाहरुको ज्यादती धेरै भएको भन्दै न्यायको लागि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको बताएका छन् ।
बुधबार बालुवाटारमा भएको प्रदर्शनमा करिव ३ हजार पीडितहरू जम्मा भएका थिए । पीडितहरु गौशालाबाट कालोपुल हुँदै बालुवाटारसम्म पुगेका थिए । प्रदर्शनमा सहभागीहरुले लघुवित्त पीडितका समस्या समाधान गर्न सरकारले समिति बनाए पनि केही काम नगरेको भन्दै पुनः सरकारलाई झक्झकाउन काठमाडौँ आउनुपरेको बताएका छन् ।
प्रदर्शनमा लघुवित्त पीडितहरुले ‘हाम्रो माग पूरा गर’, ‘राष्ट्र बैंकका गभर्नर राजीनामा दे’, ‘लघुवित्त ऋण मिनाहा गर’, ‘दिदीबहिनी ठग्न पाइँदैन’, ‘धितो लिलाम फुकुवा गर’, ‘वित्तीय संस्था खारेज गर’, वित्तीय आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्