काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशीले सफाई पाएका छन् । ललिता निवास प्रकरणको अन्तिम फैसला गर्दै विशेष अदालतले जोशीलाई सफाई दिएको हो । जोशीसँगै अदालतले सचिव दिनेशहरि अधिकारीलाई पनि सफाई दिएको छ ।
विशेष अदालतका न्यायधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरु दुवैजनालाई सफाई दिएको हो ।
अदालतले तत्कालीन सचिव अधिकारीले मन्त्रिपरिषद्को निर्णयअनुसार परिवर्तित सन्दर्भमा पुनः प्रस्ताव पेस गरेको तथा जोशीले भूमिसुधार मन्त्रीको हैसियतमा सोही प्रस्ताव पेश गर्न स्वीकृतिसम्म दिने देखिएको उल्लेख गरेको छ ।
त्यस्तै, अदालतले तत्कालीन मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई पनि सफाई दिएको छ । यस्तै, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रकामकुमार ढकाललाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ भने तत्कालीन अख्तियार प्रमुख दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त लगायतलाई पनि अदालतले दोषी ठहर गरेको छ । फैसलाको पुर्णपाठ:
Lalita Niwas_Sankshipta Faisala
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्