Skip to content
LAXMI SUNRISE BANK

ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्नूः काठमाडौँ महानगर

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न निर्देशन दिएको छ । सार्वजनिक सूचना नै निकालेर महानगरले काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा खाली गर्न निर्देशन दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-१३ स्थानीय तहको सम्पत्ति संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) अनुसार अदालतको आदेशमार्फत जग्गा खाली गर्न निर्देशन दिएको महानगरले जनाएको छ ।

योसँगै महानगरले ललिता निवासको जग्गा खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ । ‘सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’, सूचनामा उल्लेख छ ।

सो अवधिमा पनि जग्गा खाली नभएर प्रचलित कानून बमोजिम जग्गा खाली गराईने महानगरले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK