×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला-वान हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

PRIME CA

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला-वान हाइड्रोपावरमा रणनीतिक लगानी गर्ने

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। लक्ष्मी सनराइज (एलएस) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले पुवा खोला-वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।

उक्त सम्झौतापत्रमा एलएस क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला-वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन्।

विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस क्यापिटल एक हो । LSEF एलएस क्यापिटको पहिलो प्राइभेट इक्विटी कोष हो। LSEF कोषको आकार रु १ अर्व रहेको छ ।

LSEF बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: