Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको वर्गिकरणमा महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्यो

अर्थ सरोकार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको संगठित संस्थाको वर्गिकरणमा महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा परेको छ ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्व रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधार सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने व्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको हो ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

साथै पुष २८ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK