काठमाडौँ । पछिल्लो ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना (पुससम्म)को तथ्यांकमा आधारित रिपोर्टअनुसार घ्यू, तेल, तरकारी तथा माछा मासुमा महँगी घटेको हो ।
समीक्षा अवधिमा घ्यू तथा तेलको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०७ प्रतिशत, तरकारीको १.०४ प्रतिशत र मासु तथा माछाको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.०६ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकको रिपोर्ट अनुसार यसअवधिमा मसला तथा फलफूलमा भने महँगी बढेको छ । समीक्षा अवधिमा मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत रहेको छ ।
त्यस्तै, यसअवधिमा फलफूलको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१५ प्रतिशतले बढेको छ भने दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र खाद्य खाद्यजन्य पदार्थको वार्षिक बिन्दुगत सूचकाङ्क ११.३८ प्रतिशतले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्