×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकै चौथो धनी व्यक्ति बने मेटाका सीईओ मार्क जुकरबर्ग, एक दिनकै आम्दानी साढे ३० अर्ब रुपैयाँ !

अर्थ सरोकार

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार

PRIME CA

विश्वकै चौथो धनी व्यक्ति बने मेटाका सीईओ मार्क जुकरबर्ग, एक दिनकै आम्दानी साढे ३० अर्ब रुपैयाँ !

काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्ग विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीमा जुकरबर्ग चौथो स्थानमा उक्लिएका हुन् ।

हाल जुकरबर्गको कुल सम्पत्ति १ खर्ब ६७ अर्ब डलर रहेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जुकरबर्गको दैनिक आम्दानी २३ करोड ६ लाख डलर अर्थात साढे ३० अर्ब रुपैयाँ रहेको छ । उनले हरेक घण्टामा ९६ लाख डलर अर्थात १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाउँछन् ।

फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष सन् २०२३ मा मात्रै ८४ अर्ब डलर अर्थात १ सय ११ खर्ब रुपैयाँले बढेको छ ।

यता मेटाको सेयर मूल्यमा आएको उछालसँगै मेटा विश्वकै सातौँ मूल्यवान कम्पनी बनेको छ । शुक्रबार मात्रै मेटाको सेयर मूल्य १९६ अर्ब डलर अर्थात २०.३ प्रतिशतले बढेको थियो । अहिले मेटाको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: