×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोइलर कुखुराको मासु हप्तामै १०० रुपैयाँले महँगगियो !

PRIME CA

ब्रोइलर कुखुराको मासु हप्तामै १०० रुपैयाँले महँगगियो !

अर्थ सरोकार

१४ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । केही समयअघि एक हप्तामै १५० रुपैयाँसम्म सस्तिएको ब्रोइलर कुखुराको मासुको मूल्य पुनः बढ्न थालेको छ । जाडोका कारण कुखुरा मर्न थालेपछि बजारमा ब्रोइलर कुखुराको अभाव हुन थालेपछि मासुको मूल्य महँगिएको हो । पछिल्लो एक सातामा पूर्वी नेपालमा ब्रोइल कुखुराको मासुको मूल्य १०० रुपैैयाँले महँगो भएको छ ।

चिसोका कारण ५० प्रतिशत कुखुराहरु मरेपछि मूल्यवृद्धि गर्नुपरेको कुखुरापालक किसानहरुले बताएका छन् । कृषकले नै मूल्य वृद्धि गरेपछि बजारमा मासुको मूल्य स्वतः वृद्धि भएको कुखुरा डिलरहरुको भनाई छ ।

यसो त अहिले पूर्वी नेपालमा ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो ४५० रुपैयाँ रहेको छ । एक साता अघिसम्म मात्रै ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ रहेको थियो ।

बजारमा ब्रोइलर कुखुराको अभाव हुन थालेपछि मासुको मूल्य महँगिएको छ । हाल पूर्वी नेपालमा ब्रोइलरको मासु महँगिएको भए पनि त्यसको प्रभाव देशभर पर्ने कुखुरा व्यवसायीहरुको भनाई रहेको छ । हाल बजारमा कुखुराको अभाव हुन थालेपछि मूल्य वृद्धि हुने क्रम सुरु भएको कुखुरा व्यवसायीहरुको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: