×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा ह्वात्तै बढेपछि मेरो माइक्रोफाइनान्सको नाफा घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खराब कर्जा ह्वात्तै बढेपछि मेरो माइक्रोफाइनान्सको नाफा घट्यो

Artha Sarokar

१९ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५.१४ प्रतिशतले घटेको हो ।

यसअवधिमा कम्पनीले कुल ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको खुद नाफा घट्नुको प्रमुख कारण कम्पनीको निष्क्रिय कर्जामा देखिएको बढोत्तरी हो । समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.८७ प्रतिशत पुगेको छ । योसँगै कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ४ करोड ५४ लाख रुपैयाँबाट बढेर ५ करोड २ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ११.०८ प्रतिशतले बढेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद सञ्चालन आम्दानी २.३९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.१५ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७४ पैसा रहेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.२२ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी