×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिपालमुनि मिटरब्याज पीडित… (फोटो-कथा)

PRIME CA

त्रिपालमुनि मिटरब्याज पीडित… (फोटो-कथा)

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौँमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिँडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् । 

आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौँमा कसरी बसिरहेका छन् ? कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू ।

सरकारले पटकपटक समस्या समाधान गर्ने आश्वासन दिए पनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ । यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ । तस्विरमा हेर्नुहोस् त्रिपालमुनी रात कटाइरहेका मिटब्याजरपीडितहरुको अवस्थाः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: