काठमाडौं। रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुँदा किसान चिन्तित बनेका छन् । यसअघि प्रतिलिटर ७७ रुपैयाँमा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर ५४ रुपैयाँमा झरेकाले किसान चिन्तित बनेका हुन् ।
जिल्लामा हिजोआज सदरमुकाम पेरीफेरीमा मात्र करिब तीन हजार आठ सयदेखि चार हजार लिटरसम्म दूध उत्पादन हुन्छ । यसअघि जिल्लामा रहेको चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरीले जिल्लामा उत्पादन भएका सबै दूध किसानसँग खरिद गर्ने गरेका थिए तर ती डेरीमा पनि दूध र दुग्धजन्य वस्तुको बिक्री वितरणमा कमी आएका कारण जिल्लामा उत्पादित सबै दूध लिन नसकेको चिरञ्जीवी डेरी उद्योगका सञ्चालक भानु श्रेष्ठले बताए । उनले भने, ‘जिल्लाको मागभन्दा बढी दूध उत्पादन भएका कारण हामीले सबै किसानको दूध बिहान र साँझ दुवै समय लिन नसकेका हौँ तर एकपटकको मात्र हामी लिन्छौं बेलुकाको दूध दुग्ध सहकारीमार्फत सहकारीमै सङ्कलन गरी बाहिर पठाउने गरिएको छ दूध नबिक्नुभन्दा कम मूल्यमा भए पनि बिक्री हुनु रम्रो कुरा हो ।’
जिल्लामा पछिल्लो समयमा वैदेशिक रोजगरी छाडेर आएका युवाले यो व्यवासय गरिरहेका छन् । घाँस र दानाको मूल्य बढदै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको स्थानीयले बताए ।
यसअघि जिल्लामा रहेका तीनवटै डेरीले पर्याप्त दूध लिने गरे पनि फागुन महिनादेखि आफूले उत्पादन गरेको दूध नबिक्ने वा बिकी हाले पनि कम मूल्यमा बिक्री हुने भएका कारण अब पेसा नै फेर्नुपर्ने बाध्ययता हुन लागेको किसान सुरेश भण्डारीले बताए । सबैतिरको अवस्था यस्तै भएका कारण अब आफूहरुले गाईपालनबाट राम्रो आम्दानी लिन नसक्ने र गाई पाल्न पनि मुस्किल हुने देखिएको उनले बताए ।
जिल्लामा रहेका डेरीहरुले दूध नकिनिदिएपछि दूध नबिकेर फाल्नुभन्दा आफूले सस्तो मूल्यमा किनबेच गर्न लागेको रामेछाप दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापाको भनाइ थियो ।
जिल्लामा एक सयको हाराहरीमा गाईपालन फार्म छन् जसमध्ये ५० वटा गाई फार्महरु मन्थली नगरपालिकामा मात्र छन् भने अन्य फार्महरु लिखु तामाकोशी गाउँपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँ पालिका, सैलुङ गाउँपालिका र सुनापति गाउँपालिकामा रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्