×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तको १३औं साधारणसभा सम्पन्न, अध्यक्षमा फुयल निर्विरोध निर्वाचित

अर्थ सरोकार

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार

PRIME CA

मिर्मिरे लघुवित्तको १३औं साधारणसभा सम्पन्न, अध्यक्षमा फुयल निर्विरोध निर्वाचित

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको साधारणसभा फागुन १४ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिमको संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

सभाको निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन अधिकृत अधिवक्ता शम्भू प्रसाद दाहालले संस्थामा प्रतिनिधित्व गर्ने संस्थापक र सर्वसाधारणको तर्फबाट क्रमशः ४ र २ जना गरी कुल ६ जना निर्वाचित हुनेमा आवश्यक ६ जना मात्रको उमेद्वारी परेको हुँदा सर्वसम्मत निर्विरोध रुपमा निवार्चित भएको घोषणा गरेका थिए ।

निर्विरोध निर्वाचित हुनेमा संस्थापकहरुको तर्फबाट सन्तोष फुयल, संजय कुमार श्रेष्ठ, दिप बहादुर श्रेष्ठ र शंकर राज पाण्डे रहेका छन् भने सर्वसाधारण तर्फ सञ्जू घिमिरे र निकेत अग्रवाल रहेका छन् । सभा पश्चात नवनिर्वाचित सदस्यहरुले संचालक प्रविण भट्टराई समक्ष सपथ ग्रहण गरी बैठक बसेर नयाँ अध्यक्ष समेत चयन गरेका छन् ।

संस्थापक संचालक तथा विगत ८ वर्ष देखि मिर्मिरेको संचालकको कार्यभार सम्हालेका सन्तोष फुयल नयाँ संचालक समितिमा चयन भएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका फुयल यस अघि ४ पटक मर्जर समितिको संयोजक तथा हालै नेरुडे लघुवित्तसंग मर्जर हुन लागेको मर्जर समितिको सदस्य समेत हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: