काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृती सफागरी अराजकताको अन्त्य गर्न दुई वर्ष लाग्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आफ्नो मन्त्रालयमा रहेका विकृती र विसंगती सफा गर्न लागिरहेको उल्लेख गर्दै अझै दुई वर्ष समय लाग्ने बताएका हुन् ।
उनले आफूलाई मन्त्रालयभित्रका कर्मचारीदेखि अस्पताल प्रशासनसम्मका निकायमा हुने गरेका सबै विकृतका बारेमा एक–एक जानकारी रहेको भन्दै सबै विकृतिलाई नजिकबाट नियालिरहेको बताए । ‘ठूला-ठूला अस्पतालहरुमा एक कार्यालय सहयोगी र अहेवले अस्पताल चलाइरहेको पाइन्छ । भिसीले काम गर्न सकेका छैनन् । डाक्टरहरु मिलेमत्तोमा छन् ।’, उनले भने, ‘यि सबै मैंले हेरिरहेको छु ।’
त्यस्तै, वरिष्ठ वा विशेषज्ञ डाक्टरभन्दा अहेवहरु मंहगा गाडी चढेर हिँडिरहेको भन्दै आक्रोश पोखेका बस्नेतले आफूलाई सबै थाहा भएर पनि किन कारबाही गर्नु भनेर चुप बसेको बताए । ‘मलाई एक एक थाहा छ । किन सबैलाई झ्याप हान्ने भनेर मात्रै हो । जहाँपनि विजोग मात्रै छ । अरु त अरु सरकारी अस्पतालकै फार्मेसीमा २० प्रतिशत औषधी बिरामीलाई दिइएको छैन् ।’, उनले भने, ‘८० प्रतिशत भन्दा बढी औषधी बाहिर छ । स्टोरमा औषधी छ तर बिरामीले पाउँदैन ।’
सरकारी अस्पतालमा स्वास्थ्यकर्मीदेखि डाक्टर नर्सको अभाव, मन्त्रालयका कर्मचारीको कार्यव्यवहार र फार्मेसीहरुको अराजगतादेखि राजनीतिक हस्तक्षेपको फेहरिस्त सुनाएका उनले अझै मन्त्रालयमा अराजकता अन्त्य गर्न दुई वर्ष लाग्ने बताएका छन् । ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म राफसाफ भएको छ ।’, उनले भने, ‘मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेका छन् । कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतीहरुबारे आफू एकएक विषयमा जानकार छु, बिस्तारै सुधार गर्दै जान्छौँ ।’
त्यस्तै, उनले चिकित्सकहरुलाई विकट क्षेत्रमा सेवामा खटाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको जिकिर गर्दै कर्मचारीहरुले भनेका मानिसहरुलाई काजमा पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्न गरे । स्वास्थ्य क्षेत्रमा देखिएका गतल कार्यको विरुद्धमा आफू निरन्तर लागिरहेको बताएका उनले आफ्नै पालामा भिआईपी र भीभीआइपीले विदेश गएर उपचार गर्ने प्रवृतिको अन्त्य गरेको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्