×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ लाख घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

PRIME CA
GLOBAL IME BANK

५ लाख घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

वडाध्यक्ष क्षेत्रीविरुद्ध विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगका अनुसार अध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत पाँच लाख रुपैयाँ लिएका थिए । घुस लिइसकेको अवस्थामा वडाध्यक्ष क्षेत्रीलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । हाल पक्राउ परेका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: