×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनामा खाद्यसम्बन्धी ८९ वटा मुद्दा, सबैभन्दा धेरै पानीका !

PRIME CA

६ महिनामा खाद्यसम्बन्धी ८९ वटा मुद्दा, सबैभन्दा धेरै पानीका !

२१ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा दायर गरेका अधिकांश मुद्दा पिउने पानीका भएको पाइएको छ । बजार अनुगमन र नमुना परीक्षणमार्फत आएको नतिजाका आधारमा सबैभन्दा बढी मुद्दा पिउने पानीको हुने गरेको पाइएको हो ।

विभागले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको ८९ वटा मुद्दामा आधाजसो मुद्दा पिउने पानीकै रहेको छ ।

यस अवधिमा विभागले ३८ वटा पिउने पानीविरुद्द मुद्दा दायर गरेको छ । अनुगमनका क्रममा पिउने पानी नै दूषित, न्यून गुणस्तर र लेबल नराखिएको कसुरमा पानी उद्योगहरुविरुद्द मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

त्यस्तै, विभागले दायर गरेको ८९ मुद्दामध्ये ३५ वटा दूषित, ३२ वटा न्यून गुणस्तर, १० वटा लेबलसम्बन्धी र १२ वटा मुद्दा खाद्य ऐन-नियम निर्देशिका उल्लंघन गरेका रहेका छन् । त्यस्तै, विभागले मसलाजन्य पदार्थका ४, मिठाईका ४, खाद्यान्न दलहनका ४, महका ३, दानाका ३, चाउचाउका २ र अन्य खाद्य पदार्थका १५ वटा मुद्दा दायर गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: